गान्धीलाई लेखेको पत्रमा उनले भनेका छन्, ‘ठूलो अफसोचका साथ मैले भारी मनले राष्ट्रिय कांग्रेससँगको आधा शताब्दी लामो सम्बन्ध तोड्ने निर्णय गरेको छु।’ आजादले कांग्रेसले ‘भारत जोडो यात्रा’भन्दा पनि ‘कांग्रेस जोडो यात्रा’ गर्नुपर्ने बताएका छन् ।
७३ वर्षीय आजादले सन् २०१३ मा पार्टी उपाध्यक्षका रूपमा राहुल गान्धीको ‘इन्ट्री’ पछि पार्टीमा सरसल्लाह हुन छाडेको आरोप लगाएका छन् । पार्टीमा वरिष्ठ तथा अनुभवी नेताको कुरा सुन्न छाडिएको उनले बताए । पछिल्लो समय कांग्रेसमा गैरअनुभवी र चाकडीबाज प्रवृत्तिका व्यक्तिलाई प्राथमिकता दिन थालिएको पनि उनले बताएका छन् ।


