१२ आश्विन २०८३, सोमबार
चीनमा थप ३८० जनामा कोरोना भाइरस संक्रमण
एजेन्सी = चीनमा थप ३८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। मंगलवार ३८० जना स्थानीयस्तरमा फैलिएको भाइरसको संक्रमित भेटिएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन्।
संक्रमण देखिएका मध्ये सबैभन्दा बढी हाइनन प्रान्तबाट रहेका छन्। त्यहाँका २६४ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, १ हजार २६१ जना लक्षण बिहीन बिरामीहरुको पनि पहिचान भएको चीनको नेशनल हेल्थ कमिसनले जनाएको छ।
पछिल्लो समय चीनमा फेरि कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ। धेरैजसो केसहरु स्थानीय स्तरबाटै फैलिएको र केहीमात्र विदेशबाट भित्रिएको देखिएको छ। चीनको बुहान बाट शुरु भएको कोरोना संक्रमण विभिन्न देशमा फैलिएको थियो । विभिन्न देशहरु हुदै पुनः चीन मै फ़ैलिने शुरु भएको हो । अहिले चीन सरकार आफैले असफल भएको महसुस हुन लागेको हो । 
Subscribe
Login
0 Comments


