१२ आश्विन २०८३, सोमबार

दक्षिण कोरियामा एकैदिन ४३ हजार कोरोना संक्रमित

एसीपी संवाददाता

१४ भाद्र २०७९, मंगलवार ०८:५३ मा प्रकाशित

एजेन्सी । चीनको बुहान बाट शुरु भएको कोरोना संक्रमण अहिले कम हुने नाम लिएको छैन ।  अहिले दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिन ४३ हजार भन्दा बढी सक्रमित भएका छन् ।

दक्षिण कोरियाको स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा ४३ हजार १ सय ४२ जना संक्रमित भएका हुन् ।

योसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिले संक्रमितहरुको कुल संख्या २ करोड ३० लाख २६ हजार ९ सय ६० पुगेको छ ।

केहीदिन अघिसम्म दैनिक एक लाखभन्दा बढी संक्रमित हुने गरेकोमा अहिले घटेर एक लाखभन्दा धेरै कम भएको छ । अघिल्लो हप्ता पनि औसतमा दैनिक एक लाख चार हजार नयाँ संक्रमित हुने गरेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४९ जनाको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म २६ हजार ६ सय १८ जनाको मृत्यु भइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x