चिनियाँ एप टीकटक कारण नेपालीको ज्यान जोखिममा
दाङ । दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका केसी शनिबार राति करिब नौ बजे भीरबाट खसेका थिए ।
- करिब तीन सय मिटर तल खसेका उनलाई प्रहरीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा लगेको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए । चिनियाँ एपमा टिकटक एप बन्द गर्नका लागि प्रदर्शन , ज्ञापनपत्र
मृतक केसी रा ५ ६ ७२३८ नम्बरको मोटरसाइकलको पछाडि सवार थिए । मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चिनियाँ एपका कारण हरेक महिना कुनै न कुनै जिल्लामा घटना भएको अनुसन्धानले जनाएको छ । यश बारे बिज्ञहरुल छिटोभन्दा छिटो नेपाल सरकारले कडा एक्सन लिने र यो एप माथी प्रतिबन्ध लगाउने सुझाव दिएका छ्न । टिकटकका युवायुवतीमा छाडापन समेत हुन थालेको र अस्लिल मुभी समेत राखेकोले यसमाथी तत्काल प्रतिबन्ध लगाउनु पर्छ माङ शुरु भएको छ ।


