४ कार्तिक २०८३, मंगलवार

काबुलमा रुसी दूतावास अगाडि विस्फोट, ८ जना मारिए

एसीपी संवाददाता

२० भाद्र २०७९, सोमबार २२:४९ मा प्रकाशित

काबुलस्थित रसियन दूतावासको गेट नजिकै आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ८ जना मारिएका छन् । दूतावासको प्रवेशद्वार नजिकै सोमबारको यस्तो घटनामा मृत्यु हुनेमा दुई जना दूतावासकै कर्मचारी पनि छन् ।

विस्फोटमा कूटनीतिक नियोगका कर्मचारी साथै अफगान नागरिक पनि परेको रुसी विदेश मन्त्रालयले जनाएको छ। विस्फोटको क्रममा केही मानिसहरू घाइते भएको बताइएको छ । यद्यपि घाइतेहरूको संख्या यकिन हुन सकेको छैन ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार दूतावासमा रसियन भिसा आवेदनका लागि गेट नजिकै मानिसहरूको भीड लागिरहँदा विस्फोट भएको थियो । स्थानीयहरूका अनुसार विस्फोटपछि दूतावास अगाडि मानिसहरूको ठूलो भीड लागेको थियो । स्थानीय समय अनुसार सोमबार बिहान १० बजेर ५० मिनेट जाँदा विस्फोट भएको थियो ।

विस्फोटको जिम्मेवारी भने अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । यस्तै उक्त विस्फोटबारे तालिबान सरकारले औपचारिक रुपमा विवरण सार्वजनिक गरेको छैन ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको साथै विदेशी सेनालाई फिर्ता पठाएको एक वर्षको अवसरमा वर्षगाँठ मनाएको एक वर्ष नपुग्दै काबुलस्थित रसियन दूतावास अगाडि विस्फोट भएको हो । तालिबानको सत्ता कब्जापछि काबुलबाट आफ्ना दूतावास नहटाउने सीमित देशहरूमध्ये रुस पनि एक हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x