१९ आश्विन २०८३, सोमबार

खेलकुद मन्त्री अथकले महिला साफको उद्घाटन गर्ने

एसीपी संवाददाता

२१ भाद्र २०७९, मंगलवार ०८:२९ मा प्रकाशित

काठमाण्डौं – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले काठमाण्डौंमा हुने महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्ने भएका छन् । काठमाडौंको दशरथ रंगशालामा मंगलबारबाट सुरु हुने प्रतियोगिताको मन्त्री गहतराजले उद्घाटन गर्ने भएका हुन् ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले उद्घाटन सत्रमा मन्त्री अथकलाई दिएको निम्तो स्वीकार गरेका थिए ।  एन्फाका अनुसार मंगलबार साँझ ५ः३० बजे सुरु हुने उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुन सबै टोली नेपाल आइपुगेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x