नयाँ एएफ-पाक तनाव: पाकिस्तानले अमेरिकी ड्रोनलाई अनुमति दिएको अफगानीस्तानको आरोप
वाशिंगटन, डीसी – पाकिस्तान र अफगानिस्तान बीचको सम्बन्धमा थप बिग्रिएको आरोपमा, तालिबान शासकहरूले आफ्ना पूर्व सहकर्मी देश पाकिस्तानलाई जुलाई ३१ मा काबुलमा संयुक्त राज्यको ड्रोन आ क्रमणमा सहयोग गरेको आरोप लगाएका छन् ।
स्मरण रहोस् यसै ड्रोन आ क्रमणले अल कायदा प्रमुख अयमान अल(जवाहिरीको ह त्या गरेको थियो। पाकिस्तानले अमेरिकी कारबाहीलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिएको आरोपमा अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री मुल्लाह मोहम्मद याकुब मुजाहिदले उक्त आ क्रमणमा अल-जवाहिरीको मृत्यु भएको पुष्टि गरेनन्।
उनले आ क्रमणबारे अनुसन्धान जारी रहेको बताए । पाकिस्तानको सबैभन्दा ठूलो विपक्षी दल पाकिस्तान तहरीक(ए(इन्साफका प्रमुख व्यक्तित्व शिरीन मजारीले पनि अमेरिकालाई पाकिस्तानी सैन्य अखडाबाट आफ्नो हत्यारा ड्रोन प्रक्षेपण गर्न अनुमति दिएको छ कि छैन भनेर पाक सरकारले स्पष्ट रूपमा बताउनु पर्ने माग गरेका थिए ।


