१२ मंसिर २०८३, शुक्रबार

चीनमा भेटिए नेपालका दुई पुरातात्विक सम्पदा

एसीपी संवाददाता

२६ भाद्र २०७९, आईतवार ०८:५५ मा प्रकाशित

काठमाडौँ — नेपालका बौद्ध स्मारक र मठमन्दिरबाट चोरिएका पुरातात्विक सम्पदा चीनका निजी कला संग्रहकर्ताकहाँ फेला पर्न थालेका छन् । कला–सम्पदा खोजबिन एवं पहिचानका निम्ति अग्रसर अभियान ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, गोकर्णको गोकर्णेश्वर मन्दिर क्षेत्रमा रहेको तारा/पार्वती प्रतीमासँगै रहेको घुँडा टेकेर बसिरहेका भक्त/दाताको मूर्ति चीनको झुजिन्जु आर्टस्को सग्रहमा फेला परेको छ ।

उन्नसाइसौं शताब्दीमा निर्मित यो सम्पदा सन् २०१४ मा चोरिएको अनुमान छ । यो प्रतीमाको तस्बिर कलाविद् उल्रिच भोन स्क्रोडरले आफ्नो कृति ‘स्टोन स्क्लप्चर्स’(२०१९)मा समेटेका छन् । यस्तै, यो प्रतीमाको सन् २०१४ अप्रिल १६ मा सुनिल डंगोलले गोकर्णेश्वर मन्दिर परिसरमै तस्बिर लिएका थिए ।

यस्तै, थापाहिटी, पाटनस्थित हिटी फुसा बहाबाट सन् ८० को दशकमा चोरिएको सम्पदा काष्ठ तोरन बेइजिङस्थित सिजियान्जुको संग्रहमा फेला परेको छ । ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, सत्रौं शताब्दीको सृजना मानिने तोरनको तस्बिर ‘हन्टिङ्टन अर्काइभ’ले सन् ७० को दशकमा लिएको थियो । अमेरिकाको ओहायोस्थित कलाविज्ञ प्राध्यापक सुसन एल. हन्टिङ्टनले एसियाली कलाका ३ लाखभन्दा बढी तस्बिर प्रमाण संरक्षित गरेकोमा नेपालमा रहेका थुप्रै बौद्ध सम्पदा–प्रतिमाको तस्बिर यो संग्रहमा रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x