४ कार्तिक २०८३, मंगलवार

चीनले बीआरआईलाई नयाँ संस्करणमा अघि बढाउने तयारी गर्दैछ : स्वर्णिम वाग्ले

एसीपी संवाददाता

२६ भाद्र २०७९, आईतवार १५:१७ मा प्रकाशित

काठमाडौँ — राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) रोकिएको अवस्थामा रहेकोमा चीनले त्यसलाई नयाँ संस्करण अघि बढाउने तयारी गरिरहेको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको आरम्भ सत्र ‘भूराजनीति र अर्थ कूटनीति’ शीर्षकमा बोल्दै वाग्लेले चीनले बीआरआईको पहिलो चरण रोकिएको आवस्थामा रहेको बताए ।

‘बीआरआईको पहिलो चरण सकियो; अहिले यो ‘पज’ मा छ । चीनले यसलाई अब २.० का रुपमा अझ घनीभूत रुपमा परिमार्जित गरेर ल्याउँदैछ,’ वाग्लले भने ।

वाग्लेले अफ्रिका तथा एसियाली राष्ट्रहरुमा चिनियाँ लगानीको विषयमा देखिएको समस्यालाई लिएर चीन संवेदनशील रहेको बताए ।

वाग्लेका अनुसार २००८ विश्वव्यापी वित्तीय संकटअघि चीनले आफ्नो व्यापारको सबै बचत/मुनाफाहरू अमेरिकी ट्रोजरी बन्डमा लगानी गर्‍यो तर वित्तीय संकटपछि पुनरोदयको नाममा ब्याजदर नकारात्मक रहेपछि त्यो बचतको डलर लगानी बीआरआई परियोजनामा लगेर जोडिएको देखिन्छ ।

‘चीनमा पनि सिमेन्ट, अल्मुनियम, ग्लासको अभूतपूर्व उत्पादन भयो; त्यो पनि कहीँ खन्याउनै पर्‍यो । विकासशील देशहरूमा पूर्वाधारको भोक पनि छ । २००८ देखि २०१९ सम्म कोभिडको पूर्वसन्ध्यासम्म चीनको दुईवटा लगानी गर्ने बैंकहरूले विश्व बैंक शहर बहुपक्षीय लगानीकर्ताको उदय भएको देखिन्छ,’ उनले भने, ‘अहिले यो पजको चरणमा छ । विभिन्न कारणले त्यस्तो भएको छ । अहिले पिभटको अवस्थामा पुगेको छ । अब आयो भने पनि बीआरआई २.० भएर आउने हो; यसमा चीन आफैं जाने स्रोतहरूलाई संकलन गर्ने विषयमा रहेको छ । बीआरलाई बहुपक्षीय संस्थामामार्फत जाने अनुमान गर्न सकिन्छ; त्यसले जोखिम निम्त्याउने देखिन्छ ।’

वाग्लेका अनुसार एक दशकमा चीनले ४ खर्ब ६२ अर्ब अमेरिकी डलर लगानी गरेको छ । ‘कतिपय वर्षमा विश्व बैंकसहित पश्चिमा विश्वव्यापी वा क्षेत्रीय संस्थाहरू‍भन्दा बढी लगानी गरेको देखिन्छ । २०१६ मा सबैभन्दा बढी रहेको छ । २०१९ मा ४ अर्बमा आइपुगेको छ,’ उनले भने, ‘नेपालमा बल्ल २०१७ मा आएपछि त्यस विषयमा चर्चा सुरु भएको हो ।’

वाग्लेले चीनले १९९९ मा बाहिर विश्वसँगको सम्बन्धमा विस्तार गर्न थाले पनि २०१३ मा सी चिन फिङले बेल्ट एन्ड रोड इनिसिएटिभ्सपछि त्यसले तीव्रता पाएको बताए ।  कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x