४ कार्तिक २०८३, मंगलवार

चिनियाँ नाकाबन्दी बारे परराष्ट्र मन्त्रालयको प्रयास जारी

एसीपी संवाददाता

२६ भाद्र २०७९, आईतवार १८:२१ मा प्रकाशित

काठमाडौं :  कोरोनाको बहाना बनाई चीनले गरेको नाकाबन्दी खोलाउने प्रयोस सरकारले गरे पनि विपक्षीलाई यश बारे मौन बसेका छ्न । भारतले नाकाबन्दी गर्‍यो  भन्दै नारा जुलुस गर्ने विभिन्न कम्युनिस्ट पार्टीहरु अहिले चीन विरुद्ध बोल्न नसक्नुको कारण के हो ?  किन मौन ?    सरकारका तर्फ बाट परराष्ट्र मन्त्री नारायण खड्काले चीनसँगको तातोपानी नाकालाई सहज रूपमा खुला गर्न आफूले निरन्तर चिनियाँ अधिकारीसँग छलफल गरिरहेको बताए पनि अन्य दल खास गरि विपक्षी पार्टी र विभिन्न वामपन्थी घटक दल किन मौन रहेका हुन ।

आइतबार कांग्रेस नेता मोहन बहादुर बस्नेतसहित व्यवसायीहरूको टोलीसँगको छलफलका क्रममा मन्त्री खड्काले नाका  सञ्चालनका लागि आफूले पटक पटक चिनियाँ अधिकारीसँग छलफल गरेको बताएा हुन्। चीनले कोरोना संक्रमण बढेको भन्दै नेपाल सङ जोडिएको सम्पुर्ण नाका ठप्प पारेको छ । अहिले दशैको बेला मालसामान नाकामै अलपत्र हुँदा नेपालीहरुको दशै समेत बिग्रेने भएको हो ।

नेपाल सरकारले ब्यापारीहरु मर्का बुझेर पहल जारी राखेको र  चीनबाट सामान ल्याउनका लागि नाका सहज भएपनि पछिल्लो समय देखिएको विभिन्न समस्याका बारेमा सरकार जानकार रहेको जिकिर गरे। परराष्ट्रमन्त्रीले भने सरकार लगातार प्रयासमा छिटोभन्दा छिटो समस्याको समाधान हुन्छ ।

तिब्बतमा कोरोनाको उच्च संक्रमण रहेकाले पनि नाका खुलाउन आनाकानी भएको देखिएपछि चाडपर्वका बेला सामान आयात गर्नका लागि पनि सरकारले पटक पटक ध्यानाकर्षण गराइरहेको उनले बताए।

उनले आपूर्ति सहज गर्नका लागि आफू प्रयत्नरत रहने र सकारात्मक नतिजा निस्कने उल्लेख गरे।

त्यस्तै कांग्रेस नेता बस्नेतले नेपाली व्यापारिहरूले करौडौं लगानी गरेर सामान खरिद गरेर नेपाल भित्र्याउन नपाउँदा व्यवसायीहरू मर्कामा परेको बताए।

उनले नेपाल सरकारको पहलमा चीनले समान भित्र्याउन सहजीकरण गर्नेमा विश्वास व्यक्त गरे।

सो क्रममा व्यवसायीहरूले विनासकारी भूकम्पअघिको अवस्थामा तातोपानी नाकालाई सञ्चालनका लागि राज्यले गम्भीर भएर चीनसँग वार्ता गर्नुपर्ने बताएका थिए। यसअघि शनिबार केही कन्टेनरहरू सो नाका हुँदै नेपाल भित्रिएका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x