७ आश्विन २०८३, बुधबार

भारतद्वारा पहिलो पटक नेपालको नयाँ संविधानको स्वागत

एसीपी संवाददाता

४ आश्विन २०७९, मंगलवार ०८:४९ मा प्रकाशित

भारतले पहिलोपटक नेपालको संविधानलाई स्वागत गरेको छ ।

भारतीय विदेश राज्यमन्त्री वी.मुरलीधरणले नेपालको नयाँ संविधानको स्वागत गरेका हुन् । सोमवार संविधान दिवसको अवसरमा भारतस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएर राज्यमन्त्री मुरलीधरणले संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना समेत दिए ।  उनले दुई देशबीचको सम्बन्ध अद्भूत रहेको बताउँदै भने, ‘नेपाल र भारतबीच कुटनीति सम्बन्ध मात्र होइन, जनता जनताका बीचमा साँस्कृतिक सम्बन्ध पनि रहेको छ, दुई देशबीचको सम्बन्ध अझै बलियो होस् भनि कामना गर्छु ।’

त्यस्तै भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले पनि संविधान दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाएका छन् । अध्यक्ष नाडाले भारतीय दूतावासमार्फत शुभकामना सन्देश पठाएका हुन् । भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालाले दिल्लीस्थित नेपाली दूतावास पुगेर राजदूत डा.शंकरप्रसाद शर्मालाई सो शुभकामना पत्र बुझाएका थिए । पत्रमा भाजपा तथा अध्यक्ष नड्डाको तर्फबाट प्रधानमन्त्री देउवा तथा सम्पूर्ण नेपाली जनतालाई शुभकामना दिइएको छ । नेपालको नयाँ संविधान जारी भएपछि भाजपाले यसरी पत्र लेखेर संविधान दिवसको शुभकामना दिएको पहिलोपटक हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x