१२ मंसिर २०८३, शुक्रबार

संगठन विस्तारमा समाजवादी प्रेस संगठन

एसीपी संवाददाता

५ आश्विन २०७९, बुधबार ०६:४९ मा प्रकाशित

नेपालगन्ज । समाजवादी प्रेस संगठन बाँके शाखाले आफ्नो दाेस्राे विस्तारित वैठक राखी संगठनलाई चुस्त दुरुस्त राख्दै संगठन  विस्तार गर्ने  निर्णय गरेको छ ।

विस्तारित वैठकलाई सम्वाेधन गर्दै  नेकपा एकीकृत समाजवादी (एस) पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले  समाजवादी प्रेस संगठन छाेटाे समयमै केन्द्र, सातै प्रदेश र केही जिल्ला बाहेक सवै जिल्लामा आफ्नो संगठन विस्तार गर्न सफल भएको बताउँदै संगठनमा भएका आफ्ना सदस्यहरूलाई दत्तचित्त, लगनशील र क्रियाशील भएर लाग्न समेत निर्देशन दिए । अर्यालले बाँके अध्यक्ष तथा केन्द्रीय सदस्य लाेकनाथ शर्मालाई संगठकाे सदस्यता दिँदै संगठन विस्तार तथा सदस्य वितरण कार्यक्रमकाे सुरुवात गरेका थिए । त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज अशाेक काेइरालाले आसन्न निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी आफ्नो आफ्नो भूगाेलमा खटेर लाग्न निर्देशन दिँदै पत्रकारहरूलाई पार्टीबाट दिन सक्ने अवसर र पत्रकारका समस्या समाधानमा पार्टी सधैं  साथमा रहेको बताए  ।

रिक्त  रहेका पदपूर्ति गर्दै  लाेकनाथ शर्माको अध्यक्षमा ३१ सदस्यीय समाजवादी प्रेस संगठन बाँके शाखा विस्तार समेत  गरिएको छ । कार्यक्रममा  नेकपा एसका बर्दिया उपाध्यक्ष दिलवाहादुर क्षेत्री, सचिव इन्द्रबहादुर रावल, बाँके उपाध्यक्ष भद्र देवकोटा लगायतकाे उपस्थिरि रहेको थियोे  । अध्यक्ष  शर्माकाे अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन पार्टी प्रचार विभाग सचिव कुशल दलामीले गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x