२८ श्रावण २०८३, बिहीबार

चक्रव्यूहमा आन्तरिक राजनीति:चीन को प्रयोग,प्रभाव र परियोजना

एसीपी संवाददाता

५ आश्विन २०७९, बुधबार ०८:०४ मा प्रकाशित

एकातिर चक्रव्यूह  निर्माणमा व्यस्त रहेका नेपालका राजनीतिक दलहरु आफै फस्दै गएको भान नेपाली संचार मध्यमबाट बुझिन्छ। अर्कोतिर नेपालप्रति लक्षित भई अनेक स्वार्थबाट विकासका परियोजनाहरु शक्ति राष्ट्रहरुले सार्दै आएका छन्। पूर्वाधार निर्माण को नाममा अपारदर्शी परियोजनाहरुको सम्झौताबाट नेपाल सरकारको सर्वत्र जनता हरु माझ आलोचना हुदै आइरहेको छ।

बेल्ट एंड रोड इनिसिएटिभ (बि.आर.आइ ) पूर्वाधार विकास परियोजनामा नेपालले हस्ताक्षर गरेपछि चीनको अघोसित प्रभावहरु देखिन थालेको छ । गत फेब्रुअरीमा सम्पन्न  भएको चिनिया कम्युनिष्ट पार्टीको बैठकले राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा प्रणालीलाई प्रभावकारी गर्नुपर्ने निर्णय गरेको थियो। यसै क्रममा नेपाललाई उच्च महत्व दिदै आफ्नो सैन्य प्रभाव बढाउने संकेत देखिन थालेको छ।

नेपालमा तत्कालिन कम्युनिष्ट पार्टीको सरकार बने लगत्तै चीनले कम्युनिष्ट पार्टीको नाममा विभिन्न भर्चुवल सेमिनारबाट प्रसिक्षण गर्दै आएको थियो  । नेपालको अन्तरिक राजनीतिमा विभिन्न बहानामा गरेको हस्तक्षेपको कारण बौद्धिक जगतमा चीनको आलोचना हुने गरेको छ। नेपालको सामान्य राजनीतिक गतिविधिलाई उच्च महत्व दिदै कुटनीतिको नाममा राजनीतिक हस्तक्षेपको अभ्यास गरेको राजनीतिक विश्लेषकहरुले गर्दै आएका छन्।  यस प्रकारको संवेदनशिल आवस्थामा राष्ट्रको आन्तरिक राजनीति अत्यन्तै जोखिमपूर्ण आवस्थाबाट गुज्री रहेको राजनीतिक विश्लेषकले पनि  टिपणी गर्दै आएका छन्। विभिन्न शक्तिराष्ट्रहरुले नेपाललाई प्रयोगशालाका रूपमा प्रयोग गरेको भान जनतामा परेको छ। शक्ति राष्ट्रहरुको सहयोग आर्थिक विकासको लागि आवश्यक रहे पनि आन्तरिक राजनीतिमा हस्तक्षेप राम्रो मानिदैन।

विकास परियोजना र कुटनीतिक सम्बन्धको नाममा भएको  चलखेल बाट राष्ट्रको सार्बभौमिकता संवर्द्धन र राष्ट्रहितको संरक्षण गर्नु आवस्यक देखिएको छ।  हिमालय शृंखलाको देश नेपाल अति नै तरल राजनीतिक आवस्थाबाट गुज्रीरहेको छ। यस समयमा शक्ति राष्ट्रहरु बीच समान सम्बन्ध कायम गरि देशको तिव्र आर्थिक विकास गर्नुपर्ने वर्तमान सरकारको काँधमा रहेको सुझाव बिज्ञहरुले बारम्बार सरकारलाई विभिन्न मंचबाट दिरहेका छन्। अस्वाभाभिक हस्तक्षेपलाई न्यूनीकरण गर्दै आफ्नो आर्थिक विकासको चुनौतीसंग जुध्नुपर्ने आवस्था सिर्जना भइसकेको यथार्थ छ। आन्तरिक श्रोत साधनको व्यस्थापनबाट पनि ठुला ठुला परियोजना हरु सम्पन्न गर्न सकिने उदाहरण नेपालमा रहेको अभ्यासलाई अनुसरण गर्नुपर्ने देखिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x