८ आश्विन २०८३, बिहीबार

घाम पावरले सम्पन्न गर्यो एकदिने डिजी कृषि कार्यशाला गोष्ठी

बिकास खडका - नेपालगन्ज बाके

५ आश्विन २०७९, बुधबार १९:३० मा प्रकाशित<

भदाै ३१ गते शुक्रबार घामपावर नेपालले १ दिने कार्यक्रम डिजि कृषि सफलतापूर्व सम्पन्न गर्याे । उक्त कार्यक्रममा निजी संस्था, सरकारी तथा गैह्र सरकारी संघ संस्था, विश्वविद्यालयबाट प्रतिनिधीहरू, कृषि र प्राविधक विद्यार्थी र साथ साथै विभिन्न मिडिया तथा पत्रकारहरू गरी ८५ जना भन्दा बढिकाे सहभागीता रहेको थियो ।
कार्यक्रमकाे शुरूवात घाम पावर नेपालका कृषि सेवा प्रमुख श्री आवर्त पाण्डेले कार्यक्रमा सहभागी जनाइदिनु भएका सहभागीलाई बिशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमकाे औचित्य र उद्देश्य बारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमलाई वत्ताको प्रस्तुीकरण र प्यानल छलफल गरेर दुइ भागमा विभाजन गरिएका थियाे । घाम पावर नेपालका कृषि विश्लेषक श्री किरण तिमिल्सिनाले नेपालमा वर्तमान कृषिकाे अवस्था, कृषिमा भैरहेकाे डिजटलिकरण, नीतिगत कुराहरू काेट्याउँदै, घाम पावरले कृषिकाे डिजिटलिकरणमा गरिरहेका काम र भाेग्नु परेकाे चुनाैतीहरूकाे बारेमा चर्चा गर्नुभयाे । यसका साथ साथै घाम पावर नेपालले विकास गरेको विविध कृषि सेवाहरू लिइरहनुभएका श्रीमती सविना मानन्धर र श्री अमर थिङ्ग जी घाम पावरकाे कृषि प्रविधि अंगाले पछिका अनुभवहरू सम्पूर्ण सहभागीहरूमा साझा गर्नु भएको थियो ।
कार्यक्रमकाे दाेश्राे चरणमा ५ जना विभिन्न क्षेत्रबाट पाल्नुभएका विशिष्ट वक्ताहरू बीच प्यानल छलफल कार्यक्रम गरिएको थियो । प्यानल छलफलमा माेडरेसन घाम पावर नेपालमा कृषि अधिकृत श्री हार्दिक सापकाेटा ज्यूले गर्नुभएको थियो । प्यानल छलफलकाे क्रममा फरवार्ड लघुवित्त संस्थाका कर्जा विभाग प्रमुख श्रीमती हिरा थन्दार जीले कर्जा लगानी बाहेक पनि किसान सँग नजिकै काम गरिरहेकाे बताउनुभयाे । किसानले हाम्राे लघुवित्तबाट कृषि प्रयाेजनकाे कर्जा लिँदा खेरी १ महिना मै कर्जा तिर्न नपर्ने र उत्पादन भएर बजारमा बेचे पछि कर्जा तिर्न सकिने कुरा पनि बताउनु भएको थियो । साथै कृषि तथा पशु विज्ञान अध्यन संस्थान अनुसन्धान र प्रकाशन निर्देशनालयका प्रमुख श्रीमती हुमा न्याैपानेज्यूले स्नातक र स्नाताेकत्तरमा डिजिटल कृषि सम्बन्धित पाठ्यक्रमहरू निर्माण गरी छिटाे भन्दा छिटाे लागू गरिने कुरा बताउनुभयाे । तेश्राे प्यानल वक्ता स्मार्ट कृषि र कृषि बजार डट कमका प्रबन्ध श्री अनिल रेग्मीले निजी, सरकारी र गैर सरकारी संस्थाहरूमा समन्वय भन्दा पनि प्रतिस्पर्धात्मक प्रवृत्ति हावी भएकाे कुरा छलफलमा राख्नु भएको थियो । IFDC बाट पाल्नु भएका बरिष्ठ माटाे वैज्ञानिक डा. यम नाथ गैरे ज्यूले नेपालले निर्माण गरेकाे डिजिटल माटाे नक्सा र याे नक्साकाे प्रयाेगका बारेमा वृस्तृत रूपमा चर्चा गर्नुभयाे । अन्तिम प्यानल वक्ताकाे नेपाल सरकार कृषि तथा पशु विकस मन्त्रालिका GIS र IT शाखाका प्रमुख श्री शिव नन्नद शाहले नेपाल सरकारले कृषिलाइ डिजिटलिकरण गर्दै आएकाे कुरा बताउनुभयाे । प्यानल छलफल सकिएपछि प्यानल वक्ता र अन्य वक्तालाइ घाम पावर नेपालका कृषि शाखा प्रमुख श्री आवर्त पाण्डे ज्यूले मायाकाे चिनाे प्रदान गर्नुभयाे । कार्यक्रमकाे अन्तिममा विभिन्न संघसंस्थाबाट पाल्नुभएका व्यक्तित्वहरू सँग जाेडिने र नेटवर्क गर्ने काम भयाे । कार्यक्रमकै दौरानमा एउटा छुट्टै stall राखेर घाम पावर नेपालले विकास गरेकाे घाम पावर कृषि मिटर लगायत अन्य सेन्सरहरू र सुपर कृषक एपकाे प्रत्यक्ष प्रदर्शन कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।
नेपालमा समुन्नत कृषिको लागि सबै सरोकार वाला संस्था बीच प्रतिष्प्रधात्मक नभई समन्वयकारी भूमिका खेली कृषि विकासको लागि डिजिटलीकरणको अहम भूमिका रहनेमा सबै सहभागीको सहमति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x