१२ मंसिर २०८३, शुक्रबार
रुसका उपरक्षामन्त्री पदमुक्त
मस्को । युक्रेनको सैन्य कारबाहीका परिचालन अभियान बीच रूसी सेनाको सैन्य बन्दोबस्तीको जिम्मेवारीमा रहेका आफ्ना उच्च पदस्थ जनरलको प्रतिस्थापन गर्ने घोषणा रूसले शनिबार गरेको छ ।
‘सेनाका जनरल दिमित्री बुल्गाकोभलाई उपरक्षामन्त्री पदबाट मुक्त गरिएको छ र उहाँको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्तसेभलाई नियुक्त गरिएको छ,’ रक्षा मन्त्रालयले टेलिग्राम सन्देशमा भनेको छ । युक्रेनको बन्दरगाह शहर मारिउपोललाई गत मे महिनामा रूसी सेनाले कब्जामा लिएको आरोपमा ६० वर्षीय मिजिनत्सेभमाथि बेलायतले प्रतिबन्ध लगाएको छ । सैन्य अभियान र युक्रेनी सेनाको हालैको सफलताले रूसी सेनामा महत्वपूर्ण बन्दोबस्तीका त्रुटिहरूको उजागर गरेको भनाइहरू आइरहेका समय यो जिम्मेवारी परिवर्तन भएको हो ।
Subscribe
Login
0 Comments


