१२ मंसिर २०८३, शुक्रबार
दक्षिणी टर्कीमा सात जना आईएस संदिग्ध पक्राउ
टर्की प्रहरीले दक्षिणी प्रान्त अडानामा इस्लामिक स्टेट (आईएस) का सात संदिग्ध विदेशी सदस्यलाई पक्राउ गरेको स्थानीय डेमिरोरेन समाचार एजेन्सीले शुक्रबार जनाएको छ।
पक्राउ पर्नेहरू सिरिया र इराकमा आइएस गतिविधिमा संलग्न रहेको र अवैध रूपमा टर्किएमा प्रवेश गरेर अडानामा लुकेको बताइएको छ।
टर्की सरकारले सन् २०१३ मा आइएसलाई आतङ्कवादी सङ्गठन तोकेको थियो।
सन् २०११ मा सिरियामा गृहयुद्ध शुरु भएदेखि सिरियासँगको टर्कीको दक्षिणी सीमा सिरियाली र विदेशी लडाकुहरूका लागि प्रमुख क्रसिङ पोइन्ट भनेको छ।
Subscribe
Login
0 Comments


