१२ मंसिर २०८३, शुक्रबार

पाकिस्तानका सूचना मन्त्री तथा नवाज शरीफकी छोरी मरियमलाई चोर्नी भनेर बिरोध

एसीपी संवाददाता

१० आश्विन २०७९, सोमबार ०९:२० मा प्रकाशित

https://twitter.com/TalatHussain12/status/1574053440677851138?t=5mag0q4JgF0BMx72y-1aeg&s=08    इस्लामावाद, एएनआई । पाकिस्तानका सूचना मन्त्री तथा नवाज शरीफकी छोरी मरियम औरङ्गजेबको लण्डनमा रहेको भिडियो भाइरल भइरहेको छ । कफी पसलमा गएकी मन्त्रीलाई त्यहाँ बस्ने पाकिस्तानीले घेरेर उनीविरुद्ध नाराबाजी गरेका थिए । पाकिस्तानमा बाढीका कारण भएको विनाशबाट ती व्यक्तिहरु निकै दुखी भएको र यसै कारणले मरियमको आलोचना गरेको बताइएको छ ।

चोर्नी–चोर्नीको नारा लगाए

इन्टरनेटमा भाइरल भएको भिडियोमा विदेशमा बस्ने पाकिस्तानीहरू मन्त्री मरियम औरङ्गजेबको वरिपरि घुमिरहेकागतिविधि  गरिरहेको देखिएका छन् । उनले पाकिस्तानमा बाढीले निम्त्याएको विनाशको बीचमा विदेश यात्रा गरेकोमा मन्त्रीको आलोचना गर्दै थिए, एआरवाई न्यूजले रिपोर्ट गरेको छ। प्रधानमन्त्री नवाज शरीफकी छोरी मरियमलाई पछ्याउँदै आएका पाकिस्तानी जनताले पनि सडकमा ‘चोर्नी, चोरनी’ नारा लगाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x