८ आश्विन २०८३, बिहीबार

नागरिकतामा राजनीति : कसरी हेरिरहेको छ मधेसले ?

एसीपी संवाददाता

१२ आश्विन २०७९, बुधबार ०६:४७ मा प्रकाशित

नेपालमा हरेक राजनीतिक परिवर्तनपछि नागरिकताको विषयमा  बहस र विवाद हुँदै आएको छ । २००७ सालको राजनीतिक परिवर्तनपछि सुरु भएको नागरिकता विवादको अहिलेसम्म दीर्घकालीन समाधान हुन सकेको छैन । नागरिकताको विषयमा पटकपटक ‘हट इस्यू’का नयाँनयाँ विवाद र समस्या आउने गरेका छन् ।२०६२/६३ को आन्दोलन हुँदै संविधानसभाबाट नयाँ संविधान जारी भएपछि पनि नेपालमा नागरिकताको विषय टुङ्गो लाग्न सकेको छैन । नागरिकता सम्बन्धी केही समस्या समाधान गर्ने उद्देश्यले सरकारले ल्याएको विधेयक संघीय संसदको दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएकोमा संविधानले दिएको अधिकार प्रयोग गर्दै राष्ट्रपतिबाट सुझावसहित संसदमै फिर्ता पठाइएको थियो । तर फेरि संघीय संसदले पारित गरेर पठाएको विधेयक संविधान अनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति मौन बसेपछि नयाँ विवाद सतहमा आएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नागरिकताको मुद्दा पनि मधेसमा उठ्ने देखिएको छ । सत्तारुढ गठबन्धनले ल्याएको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको र एमालेले उक्त विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई उक्साएको गठबन्धन घटकका नेताहरु बताउँछन् । मधेसवादी दल पनि नागरिकता सम्बन्धी विधेयक रोकिएकोमा रुष्ट देखिएका छन् । नेकपा एमालेसँग सहकार्यको तयारी गरिरहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल समेत राष्ट्रपतिको यो कदमप्रति असन्तुष्ट छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x