१२ मंसिर २०८३, शुक्रबार

किभमा जर्मनीको दूतावासमा ठोक्कियो रुसी मिसाइल

एसीपी संवाददाता

२४ आश्विन २०७९, सोमबार १७:४५ मा प्रकाशित

युक्रेनको राजधानी किभमा स्थित जर्मनीको वाणिज्य दूतावासको भवनमा रुसी मिसाइल ठोक्किएको छ । समाचार एजेन्सी रोयटर्सले जर्मनीको विदेश मन्त्रालयलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

हमलामा के कति क्षती भएको छ भन्ने स्पष्ट जानकारी प्राप्त भने छैन । सोमबार बिहानदेखि रुसको मिसाइलले युक्रेनको राजधानीसमेत किभको विभिन्न इलाकालाई आफ्नो निशाना बनाइरहेको छ ।

युक्रेनको वायु सेनाका अनुसार सोमबार बिहानदेखि रुसले ८३ मिसाइल दागेको छ । यी हवाई हमलालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि पुष्टि गरेका छन् ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x