१२ मंसिर २०८३, शुक्रबार

टर्कीको कोइलाखानीको विस्फोटमा ४० को मृत्यु

एसीपी संवाददाता

३० आश्विन २०७९, आईतवार ०८:११ मा प्रकाशित

बार्टिन, टर्की — टर्कीको बार्टिन प्रान्तस्थित एक कोइलाखानीमा भएको विस्फोटमा कम्तीमा ४० जनाको मृत्यु भएको छ । टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुका अनुसार खानीबाट ५८ जनाको जिवितै उद्धार गरिएको छ । विस्फोट पछि दर्जनौं मानिसहरू पुरिएका बताइएको छ ।

सोयलुका अनुसार विस्फोटको समयमा खानीमा करिब ११० जनाले काम गरिरहेका थिए । तीमध्ये कम्तीमा आधा कामदार खानीभित्र तीनसय मिटरको गहिराइमा थिए ।

ब्ल्याक सीको तटीय क्षेत्रमा पर्ने अमासरास्थित खानीमा शनिबार विस्फोट भएको हो । स्वास्थ्य अधिकारीले उद्धार गरिएकामध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको बताएका छन् । आपतकालिन उद्धारकर्ताहरूले अन्य कामदारहरूलाई पनि जीवितै उद्धार गर्ने प्रयास गरिरहेका अधिकारीहरूको भनाइ छ ।

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा विस्फोटपछि उद्धार गरिएका कामदारहरू कालोले ढाकिएका देखिन्छन् । खानीमा हराइरहेका कामदारका केही आफन्त उनीहरूको उद्धारको पर्खाइमा देखिन्छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x