वर्तमान र भविष्यका प्रधानमन्त्री भन्दै प्रचण्ड र देउवाको खुलेर तारिफ गरे माधव नेपालले
काठमाडौं। सत्तारुढ गठबन्धन र एमालेको प्रतिस्पर्धाको परिणाम कस्तो आउला रु त्यसका लागि मंसिरको दोस्रो सातासम्म प्रतिक्षा गर्नैपर्छ । तर दलहरुले आ आफ्नो जितको सनिश्चितता भएको दाबी गर्दै हिँडिरहेका बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने देउवा र प्रचण्डलाई देखाउँदै भविष्यका प्रधानमन्त्री यही रहेका छन् समेत भन्न भ्याए ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने बताएका नेता नेपालले आइतबार काठमाडौंमा आयोजित ‘सत्तारुढ गठबन्धनका काठमाडौं क्षेत्र नम्बर९२ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभा’
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएकाले पनि जनताले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुलाई जिताउनुपर्ने बताए । नेता नेपालले सत्तारुढ गठबन्धनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बाहेकका नेताहरु पनि भविष्यका प्रधानमन्त्रीहरु भएको उल्लेख गर्दै उनीहरुको पक्षमा मतदान गर्नुपर्ने तर्क गरे ।
मुलुकको स्वाभिमानलाई उचो राक्न र जनताको अधिकारलाई सुनिश्चित गर्न पनि सत्तारुढ गठबन्धनको जित आवश्यक परेको भन्दै नेता नेपालले भने आज हामीसँग हालका मात्रै नभएर भविष्यका प्रधानमन्त्रीहरु पनि यही हुनुहुन्छ । जुन कुरा नेता नेपालले प्रचण्डलाई इंगित गरेका थिए ।


