१२ मंसिर २०८३, शुक्रबार

एमाले नेतृत्वको चुनावी गठबन्धन अपवित्र हो : माधव नेपाल

एसीपी संवाददाता

२ कार्तिक २०७९, बुधबार ०९:१० मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले नेतृत्वको अपवित्र चुनावी गठबन्धनलाई परास्त गर्नुपर्ने बताएका छन् ।
ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘एमाले नेतृत्वको गठबन्धन अपवित्र हो। हामीले गणतन्त्रवादीहरुको प्राकृतिक गठबन्धन बनाएका छौँ। यो संविधान र लोकतन्त्रको रक्षाका लागि हो।’
विपक्षले उठाएका गतल विषयलाई तर्कपूर्ण ढंगले खण्डन गर्नुपर्ने बताए । सत्तारूढ पाँच दलीय गठबन्धन प्राकृतिक र पवित्र उद्देश्यले बनेको तर, एमालेको नेतृत्वमा अप्राकृतिक र अपवित्र गठबन्धन बनेको नेपालले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x