१९ श्रावण २०८३, मंगलवार

तीन महिनादेखि भारतमा प्लाइउड निर्यात

एसीपी संवाददाता

९ कार्तिक २०७९, बुधबार १२:२८ मा प्रकाशित

अहिलेसम्म कम्तीमा पनि चार करोड रुपैयाँ बराबरको प्लाइउड भारतमा निर्यात गरिसकेको छ। ‘तीन महिनादेखि भारतमा प्लाइउड निर्यात गरिरहेका छौं’, प्लाइउडका सञ्चालक अभयप्रताप जेबी राणाले भने, ‘भारतमा माग धेरै छ। जति माग भइरहेको छ, त्यत्ति प्लाइउड निर्यात गर्न सकिरहेका छैनौं।’

पूर्वी नेपालका पहाडी भेगमा पाइने उत्तिसको काठबाट बनेका प्लाइउडको माग भारतमा उच्च छ। उद्योगले एकदुई दिन बिराएर एक गाडी प्लाइउड भारतमा निर्यात गरिरहेको छ। उत्पादन गर्न सके जति पनि निर्यात गर्न सकिने उनले बताए। ‘माग त दैनिक दुई तीन गाडीकै हुन्छ। आर्थिक मन्दी भन्दै बैंंकले लगानी नगरेपछि हामीले उत्पादन नै गर्न सकेका छैनौं। प्लाइउड भारतको लखनउ, कानपुर, आगरा, दिल्ली, देहरादुनसम्म पुग्ने गरेको छ।

तरलता समस्या समाधान भएपछि दैनिक ५० लाख रुपैयाँबराबरको प्लाइउड बेच्ने लक्ष्य रहेको राणाले बताए।, ‘हाम्रो उद्योगको दैनिक ८० लाख रुपैयाँबराबरको प्लाइउड उत्पादन गर्ने क्षमता छ। तीन महिनापछि लक्ष्यअनुसार उत्पादन हुनेछ।’ बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरमा रहेको मिडलार्ज इन्डस्ट्रिज प्रालिको राष्ट्र प्लाई पनि भारतमा निर्यात गर्ने तयारी भइरहेको छ। ‘भारतको लखिमपुर र लखनउको पाटीले १३ कन्टेनर प्लाई माग गरेका छन्।

उद्योगका अध्यक्ष रिहान शैयदले भने, ‘वन कार्यालयमा स्वीकृतिको प्रक्रिया चलिरहेको छ। स्वीकृति पाउनेबित्तिकै ट्रान्जिट परमिट लिएर निर्यात हुनेछ।’ भारतमा बिक्री गर्दा ठूलो परिणाममा खपत हुने र उधारोको झन्झट पनि बेहोर्नु नपर्ने उद्योग सञ्चालक बताउँछन्। ‘उत्तिसको प्लाई खुम्चिन्न। यसको लेयर पनि घट्दैन। प्लाई पनि सफा र राम्रो हुन्छ। किरा पनि लाग्दैन’, भारतीयले उत्तिसको प्लाई मन पराउने कारणबारे शैयदले प्रष्ट पारे, ‘अहिले भारतमा प्लाइउड उत्पादन गर्ने काठको अभावमा प्लाई महँगो परेकाले पनि भारतीय सस्तो र राम्रो नेपाली प्लाई रोज्न थालेका हुन्।’

यद्यपि नेपाली प्लाई उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ पनि भारतीय बाटो भएर आयात गरिन्छ। नेपालमै उत्पादन भएको कच्चा पदार्थबाट बनेको प्लाई निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने प्लाई उद्योगका सञ्चालकहरू बताउँछन्। प्लाइउड उत्पादक संघका पूर्वराष्ट्रिय अध्यक्ष चम्पालाल बोथरा पनि नेपाली उत्तिसको प्लाइउडको भारतमा उच्च माग रहेको बताउँछन्।
‘पूर्वी नेपालबाट नेपाली उत्तिसको प्लाई भारत गइरहेको छ। निर्यातमा सरकारले केही अनुदान दिएमा अझै धेरै निर्यात गर्न सकिन्छ।’ सञ्चालक राणा ले भने सिमेन्ट र सरियामा जस्तै निर्यातमा सरकारले सहुलियत दिनुपर्ने र कृषि उपजका उत्पादनको कोटीमा राख्दा प्लाइउड निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने सम्भावना रहेको बताउँछन्। सिद्धार्थअनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x