४ कार्तिक २०८३, मंगलवार

स्वतन्त्र उम्मेदवार ईरफान शेषलाई नेपालगन्ज ५ का युवाहरुद्वारा भव्य स्वागत

एसीपी संवाददाता

१६ कार्तिक २०७९, बुधबार ०८:०२ मा प्रकाशित

बाँके । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बाँकेको क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवारी दिएका ईरफान अहमद शेषलाई चुनावी अभियानका क्रममा नेपालगन्जका युवाहरुले भव्य स्वागत गरेका छन ।

बाँके क्षेत्र नंबर-२ संघीय सांसदका स्वतन्त्र उम्मेदवार शेषलाई चुनावी प्रचारप्रसारका क्रममा मंगलवार नेपालगन्ज उपमहानगरपालिका-५ मा भब्य स्वागत गरिएको थियो । त्यहाँका युवाहरुले स्वतन्त्र उम्मेदवारलाई स्वागत तथा सम्मान कार्यक्रम गर्दै उनको एजेन्डामा सहमति समेत जनाएका थिए । उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन केन्द्रित चुनावी अभियानलाई तिब्र पारेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्रता उम्मेदवार शेषले भने, ‘जनमत पार्टीले आफ्नै पार्टीका नेताकार्यकर्ताहरु संग गद्दारी गरे पछी म स्वतन्त्र रुपमा जनताको माझमा आफुलाई आफ्नो निर्वाचन चिन्ह डोजर सहित चिनाउन आएको हो ।’

उनले किसान, नागरिकता, पिडित रिक्सावाला, बैंक तथा सहकारी पिडित लगायतको विषयमा सम्बोधन गर्दै आफ्नो एजेन्डा यिनीहरु मै केन्द्रिय रहेको बताए ।

यति बेला उनी क्षेत्र नं. २ को बिकट क्षेत्रमा मलखाद्य, बिउबिजन, कृषि औजारमा पछाडि पर्दै आएका कृषक, पिडित रिक्सावालाहरुको बिषयलाई बुझ्दै जनताको दैलोमा खटिएका छन । उनले यी पिडितहरु कै बिषयलाई क्याबिनेटमा लग्ने बताएका छन ।

उनी बिगत एक दशक बढी देखि मधेश जनताको आवाजलाई उठान गर्दै अगाडि बढ्दै आएका छन । उनी जनमत पार्टीको स्थापनाकाल देखि पार्टीको नितिनियम अनुसार आफुले काम गर्दै आएको बताउदै आएका छन । तर आगामी निर्वाचनका लागि जनमत पार्टीले आफुलाई टिकट नदिएर आर्थिक आर्जन गर्न अन्य पार्टीबाट आएकालाई टिकट दिएर आफ्नै नेता संग अन्याय गरेको उनको भनाई छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x