९ आश्विन २०८३, शुक्रबार

दक्षिण कोरियामा ४६ हजार ८९६ जना कोरोनाका नयाँ संक्रमित भेटिए

एसीपी संवाददाता

१८ कार्तिक २०७९, शुक्रबार ०९:०० मा प्रकाशित

चीन स्ङै अहिले कोरियामा पनि कोरोना संक्रमण बढी रहेको छ ।  दक्षिण कोरियामा ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ सङ्क्रमित भेटिएका छन्। बुधबार मध्यरातसम्म यससँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार दुई सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।  यो पनि समाचार –     चीनमा कोरोना संक्रमणका कारण २ करोड मानिसको जनजीवन प्रभावित

दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन् । एक दिनअघि सङ्क्रमितको संख्या ५४ हजार ७६६ बाट कम भएर ४६ हजार आठ सय ९६ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी बताएको छ । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा १३ ले कम भएर २९० पुगेको छ । यो पनि समाचार    चीनमा मानवअधिकार विपरीत तिब्बतमा सामूहिक डीएनए परीक्षण गरेको खुलासा

यस सङ्क्रमणको कारण थप ४१ जनाको मृत्युको पुष्टि भएपछि कोरोना सुरु हालसम्म २९ हजार दुई सय ८० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x