८ बैशाख २०८३, मंगलवार

चीनियाँ मन्त्रीको नेपाल भ्रमण निर्वाचन आचारसंहितको ठाडो उलंघन

एसीपी संवाददाता

२५ कार्तिक २०७९, शुक्रबार ११:५९ मा प्रकाशित

चीनियाँ संस्कृति–पर्यटन उपमन्त्री ली छ्युनको नेपाल भ्रमणलाई लिएर लेखक खगेन्द्र संग्रौलाले निर्वाचन आयोगमाथि गम्भिर प्रश्न उठाएका छन् ।

निर्वाचनको पुर्वसन्ध्यानमा हुन लागेको ली छ्युनको नेपाल भ्रमण निर्वाचन आचारसंहिताको ठाडो उलंघन भएको भन्दै उनले आयोगमाथि प्रश्न उठाएका हुन।

‘सर्वज्ञानी र सर्वाधिकारीजस्ता निर्वाचन आयोग प्रमुखलाई थाहा छैन कि? नत्र बेमौसमको यो भ्रमण चुनावी संहिताको ठाडो उल्लङ्घन हो भनी यी किन बरूक्क नउफ्र्या?’ भन्दै उनले प्रश्न गरेका छन् ।

उनले चीनियाँ मन्त्रीको नेपाल आगमनलाई वेमौसमको भ्रमणको संज्ञा दिएका छन् । ट्वीटरमा उनले लेखेका छन्–‘चुनावको ठिक पूर्वसन्ध्यामा चीनका संस्कृति–पर्यटन उपमन्त्री ली छ्युन भोलि नेपाल आउने रे! सर्वज्ञानी र सर्वाधिकारीजस्ता निर्वाचन आयोग प्रमुखलाई थाहा छैन कि? नत्र बेमौसमको यो भ्रमण चुनावी संहिताको ठाडो उल्लङ्घन हो भनी यी किन बरूक्क नउफ्र्या? कि घरकालाई पेलाइ, परकालाई जदौ?’

चीनका सँस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन आज नेपाल आउन लागेका छन् । भूकम्पपछि चीनको सहयोगमा पुनःनिर्माण भएका सम्पदाहरूको अवलोकन गर्न उनी नेपाल आउन लागेको वताईए पनि उनको भ्रमणलाई शंकास्पद रुपमा हेरिएको छ।

देश पुर्ण रुपमा चुनावमा केन्द्रित भएका वेला पुनर्निमाणको उदेश्य लिएर छिमेकी राष्ट्रको मन्त्री भ्रमणमा आउनुलाई सामान्य रुपमा वुझन नहुने जानकारहरु वताउँछन्।

गठबन्धनसँग चुनाव लड्दा एमाले कमजोर हुने वुझेको चिनले कम्युनिष्टहरु मिलाउने प्रयास अन्तर्गत यो भ्रमणको आयोजना गरिएको जानकारहरुको भनाई छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x