बाँकेको क्षेत्र न. २ मा राप्रपाका डा. राणले लगाए पुर्ब मन्त्री राई माथी ५ बर्षको ग्रहण
नेपालगञ्ज । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राप्रपाका डा.धवल शमशेर राणा निर्वाचित भएका छन् । उनी २९५७७ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्दी जसपाका मो. इस्तियाक राईले २३५२० मत पाएका छन् । राणा ६ हजार ०५७ मतान्तरका साथ विजयी भएका हुन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार सुदिप नरसिंह राणाले ४४०३ मत पाए । यहाँ एमाले र राप्रपाबीच तालमेल थियो ।
२०७४ यस क्षेत्रबाट राई सांसद निर्वाचित भएका थिए । दुई पटक यहि कार्यकालमा मन्त्री बनेका थिए । सत्ता गठबन्धनमा निवर्तमान मन्त्री थिए । नेपाली काङ्ग्रेसले बाकेले उनको लागि २ नम्बर छेत्र सुरक्षित गरेको थियो । अन्तिम समयमा आएर उपेन्द्र यादव सत्ता गठबन्धनको साथ छोडेकोले उपेन्द्र सहित जसपाका थुप्रै नेता पराजित भएका हुन । मधेसमा जसपाको अहिले नामको मात्र जित हुने देखिएको छ ।


