५ कार्तिक २०८३, बुधबार

ओलीको शक्तिशाली कमाण्डरलाई कांग्रेसले ढाल्यो, काठमाडौंमै रचियो इतिहास

एसीपी संवाददाता

९ मंसिर २०७९, शुक्रबार १०:४३ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरियताका नेता ईश्वर पोखरेललाई नेपाली कांग्रेसले चुनावबाट ढालेको छ ।

कांग्रेसका युवा नेता प्रदीप पौडेलले ओलीपछिको एमालेको शक्तिशाली नेता पोखरेललाई काठमाडौं ५ मा पराजित गरेर इतिहास रचेका हुन् । पौडेलले पोखरेललाई ५ हजार मतको फराकिलो अन्तरले पराजित गरेर विजयको चारतारे झण्डा फहराएका हुन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यसअघि यहाँबाट सांसद थिए । तर उनी कोभिडका बेला स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचारमा मुछिएका थिए । पोखरेलप्रति यहाँका मतदाताको असन्तुष्टि बढेका बेला स्वच्छ छविका पौडेलले जनताको मन जितेका हुन् ।

जितसँगै पौडेलले जनताको घरघरमा पुगेर धन्यवाद दिने योजना बनाएका छन् । मतदाताले देखाएको भरोसालाई टुट्न नदिने उनले प्रतिबद्धता व्यक्त गरे । मतदाताले आफूप्रति गरेको विश्वासलाई अझै बलियो बनाउने उनको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x