५ कार्तिक २०८३, बुधबार

नाइजेरियामा बीआरआईबाट प्राप्त ऋणको दिगोपनमा नै प्रश्न

एसीपी संवाददाता

१६ मंसिर २०७९, शुक्रबार ०८:३६ मा प्रकाशित

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियामा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईबाट प्राप्त ऋणको दिगोपनमा समस्या उत्पन्न भएको पाइएको छ ।

हङकङ पोस्टका अनुसार नाइजेरियामा चिनियाँ ऋण सहयोगका सम्झौता अपारदर्शीता, उच्च गोपनियता, भ्रष्टाचार र घरेलु कानूनको उल्लङ्घन हुने गरेको पाइएको छ । यसबाट नाइजेरियाले प्राप्त गरेको ऋणको दिगोपनमा नै समस्या उत्पन्न भएको जनाइएको छ ।

चिनियाँ ऋणमा आधारित परियोजनामा नाइजेरियाका स्थानीय कम्पनीहरुलाई सामेल नगरिएको समेत जनाइएको छ । यसबाहेक यी परियोजनाको निर्णायक एवम् कार्यान्वयन तहमा पनि स्थानीय नाइजेरियालीहरुलाई समावेश गरिएको छैन ।

हालै अफ्रोब्यारोमिटरले सार्वजनिक गरेको तथ्यांकमा केबल २८ प्रतिशत नाइजेरियाली नागरिकले आफूलाई मुलुकमा चिनियाँ ऋण/सहयोग प्राप्त भएको जानकारी रहेको उल्लेख गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x