४ कार्तिक २०८३, मंगलवार

भारतीय सेनाद्वारा नेपाली सेनालाई ‘ट्रेनिङ सिमुलेटर’ हस्तान्तरण

एसीपी संवाददाता

८ पुष २०७९, शुक्रबार १०:३४ मा प्रकाशित

नेपाली सेनालाई भारतीय सेनाले ट्रेनिङ सिमुलेटर हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा आएका भारतीय सेनाका लेफ्टिनेन्ट जनरल जेएस सन्धुले बुधबार एकथान ड्राइभिङ सिमुलेटर र एकथान हतियार ट्रेनिङ सिमुलेटर हस्तान्तरण गरेका हुन् ।

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पुस ३ बाट नेपाल भ्रमणमा छन् । बुधबार सीतापाइला स्थित सेनाका यद्धकवच गणमा आयोजित समारोहमा बलाधिकृत रथी सरोज प्रताप राणालाई सन्धुले सहयोगस्वरूप सिमुलेटर हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

ट्रेनिङ सिमुलेटर कम्प्युटर सिस्टममा जडान गरिएको गाडी र हतियार मार्फत अभ्यास गरिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x