३० श्रावण २०८३, शनिबार

नेपालले सोमबार छिमेकी भारतसँग ऐतिहासिक खेल खेल्दै गज्जबको प्रदर्शन

एसीपी संवाददाता

१९ भाद्र २०८०, मंगलवार १०:२९ मा प्रकाशित

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले सोमबार छिमेकी भारतसँग ऐतिहासिक खेल खेल्दै गज्जबको प्रदर्शन गर्‍यो ।

वर्षाले बारम्बार प्रभावित खेलमा ओभर छोट्याएपछि नेपाल १० विकेटले पराजित भए पनि विश्वकै ‘पावर हाउस’ विरुद्ध २३० रन बनाउँदा सारा संसारको मन जितेको थियो । आसिफ शेखले अर्धशतक बनाउँदा सोमपाल कामी अर्धशतकबाट दुई रनले मात्र चुकेका थिए ।

भारतीय कप्तान रोहित शर्माले टस जितेर नेपालका कप्तान रोहित पौडललाई पहिले ब्याटिङको निम्तो दिएका थिए । निर्धारित ५० ओभरमा १० बल बाँकी छँदै अलआउट हुँदै नेपालले २३० रन बनायो ।

तर वर्षाका कारण २३ ओभरमा खेल छोट्याइएपछि भारतले १४५ रनको नयाँ लक्ष्य पायो । भारतीय कप्तान रोहित शर्मा र शुभमन गिल मिलेर पहिलो विकेटका लागि अविजित १४७ रनको साझेदारी गर्दै १० विकेटको जित दिलाए ।

भारतका लागि रोहितले अविजित रहँदै सर्वाधिक ७४ रन बनाए । ५९ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । यस्तै गिलले ६२ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ६७ रन बनाए । खेलको प्लेअर अफ दि म्याच उनै रोहित शर्मा घोषित भए ।

नेपालका २१ वर्षीय युवा कप्तान रोहित पौडलको आइडल उनै ३६ वर्षीय रोहित शर्मा थिए ।

कप्तानको रुपमा २९ खेल

खेलमा दुवै टोलीका कप्तानका नाम रोहित थियो । त्यसैले यो नाममा गज्जबको संयोग जोडिएको छ ।

यी दुई रोहितको नाममा जोडिएको अर्को रमाइलो संयोग भनेको ओडिआईमा दुवैले कप्तानको रुपमा २९ औं खेल खेले ।

सन् २००७ मा आयरल्याण्ड विरुद्ध ओडिआईमा भारतका लागि डेब्यु गरेका रोहित शर्माले २०१७ मा पहिलोपटक ओडिआई टिमको कप्तानी गरेका थिए । विराट कोहलीले २०२१ मा कप्तान छाडेपछि भने रोहित नियमित कप्तान बनेका छन् ।

रोहितले नेपालका लागि ५४ ओडिआई खेल्दै १ शतक र ८ अर्धशतकको मद्दतमा एक हजार ४७४ रन बनाएका छन् । रोहित नेपालका लागि ओडिआईमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन्  । उनको उच्च स्कोर १२६ रन हो ।  रोहितले नेपालका लागि ५४ ओडिआई खेल्दै १ शतक र ८ अर्धशतकको मद्दतमा एक हजार ४७४ रन बनाएका छन् । रोहित नेपालका लागि ओडिआईमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन्  । उनको उच्च स्कोर १२६ रन हो ।

२०१८ मा डेब्यु गरे पनि त्यस वर्ष जम्मा दुई खेल मात्र खेलेका रोहितले २०१९ र पनि दुई तथा २०२० मा जम्मा एक खेल खेले । त्यसपछि टिममा पर्न नै संघर्ष गरेका रोहितले २०२१ सेप्टेम्बरमा पपुवा न्युगिनीविरुद्ध ओडिआईमा पुनरागमन गरे । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन र अहिले नेपाली सिनियर टिमै नेतृत्व गरिरहेका छन् ।

ओडिआईमा नेपालका लागि अहिलेसम्म चार खेलाडीले कप्तानी गरेकोमा सबैभन्दा धेरै जित प्रतिशत रोहितकै छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले १० खेल खेल्दा ६ खेल जितेको थियो । जसको जित प्रतिशत ६० छ ।

यस्तै पारस खड्काको कप्तानीमा ६ खेल खेल्दा ३ खेल अर्थात ५० प्रतिशत खेल जितेको थियो । सन्दीपको कप्तानीमा नेपालले १४ खेल खेल्दा ४ खेल जितेको थियो । अनलाइन खबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x