२८ कार्तिक २०८३, शुक्रबार
कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं । नेपालले मलेसियामा जारी आईसीसी महिला टी-२० विश्वकप छनोटमा लगातार चौथो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘ए’ मा रहेको नेपालले चौथो जितका क्रममा आज बिहान भएको खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो ब्याटिङ गरेको कतारले दिएको ७५ रनको लक्ष्यलाई नेपालले १०.३ ओभरमा १ विकेटको क्षेतीमा पुरा गर्दै जित निकालेको हो ।
नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाइन् । नेपालले अब आफ्नो अन्तिम खेल बुधबार यूएईसँग खेल्नेछ ।
त्यस्तै कतारकी साची डादवालले सर्वाधिक २१ रन बनाउँदा बनाइन भने नेपालकी इन्दुले ३ विकेट लिइन् । पुजा महतो र कविता जोशीले समान १/१ विकेट लिए ।
Subscribe
Login
0 Comments


