२९ श्रावण २०८३, शुक्रबार

एसीपी संवाददाता

४ पुष २०८०, बुधबार १९:५४ मा प्रकाशित

काठमाडौं । भारतको देहरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित ११ पदक जितेका छन् ।

टोलीका व्यवस्थापकसमेत रहेका स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले नेपाली खेलाडीले ४ स्वर्णका अलावा थप ३ रजत र ४ कांस्य पनि जितेको जनाएका छन् ।

पुरुष ४५ केजीमुनि वृजेश रायमाझी, ३२ केजीमुनि रघुनाथ भण्डारी, ५० केजीमुनि सोफिक बराइली र ४५ केजीमुनि सुजित कार्कीले स्वर्ण जिते । आभास डिओले पुरुष ३२ केजीमुनि र एकल पुम्सेमा गरी दुई रजत जिते भने ३७ केजीमुनि सोहन तामाङले रजत हात पारे ।

पुरुष ४१ केजीमुनि क्षितिज घले, ५५ केजीमुनि असिम घिमिरे, ३५ केजीमुनि दिप्सन थापा र एकल पुम्सेमा वृजेश रायमाझीले कांस्य प्राप्त गरे । टोलीको प्रशिक्षकमा रन्जितबहादुर डगौरा रहेका छन् । सबै खेलाडी एसकेबीसी तेक्वान्दो डोजाङका हुन् । उनीहरु स्वदेश फर्किसकेका छन् । अनलाइनखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x