१० आश्विन २०८३, शनिबार

नागपुर शिविरमा नेपालसहित ७० राष्ट्रका साधकको सहभागिता

एसीपी संवाददाता

८ पुष २०८०, आईतवार १२:१४ मा प्रकाशित

काठमाडौं । भारतको नागपुरस्थित रेशिमबाग मैदानमा सञ्चालित आठ दिने ध्यान महाशिविरमा नेपालसहित ७० राष्ट्रबाट साधकहरुले सहभागिता जनाएका छन् ।

शिविरमा महर्षी शिव कृपानन्द स्वामीद्वारा प्रेरित प्रवचन र ध्यान गराइएको छ । शनिवारसम्म नेपालबाट प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका नेता तथा साधकहरुको उपस्थिति रहेको थियो ।

निःशुल्क महाशिविरमा हरेक दिन विश्वभरका ७० राष्ट्रका करिव १ लाख ५० हजार साधकहरुको सहभागिता रहेको हिमालय समर्पण ध्यान योगका नेपाल प्रचारक तुलसीराम रेग्मीले बताउनु भयो ।

रेग्मीकाअनुसार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद हरि ढकाल, नेकपा एमाले केन्द्रिय सचिव तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईको सहभागिता रहेको थियो भने समापन सत्रमा आगामी मंगलवार नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलको सहभागिता रहनेछ ।

रेग्मीले आगामी दिनमा नेपालमा नै शिविर गर्ने योजनाअनुसार अघि बढिरहेको बताउनु भयो । आध्यात्मिक र आन्तरिक पर्यटन वृद्धिका लागि योग शिविर महत्वपूर्ण सावित हुने बताउनु भयो ।

पुस ३ गते शुभारम्भ भएको ध्यान शिविर १० गतेसम्म चल्ने जनाइएको छ । हरेक दिन बेलुका पाँच बजेदेखि आठ बजेसम्म शिविर सञ्चालन हुने गरेको छ । इमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x