१३ मंसिर २०८३, शनिबार
सन्दीपविरुद्दको मुद्दाको सुनुवाइ आज पनि
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्दको नाबालिक बलात्कार मुद्दाको सुनुवाइ आज पनि हुँदैछ ।
बुधबार जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइले नसकिएपछि अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो ।
गत आइतबार फैसला बहस नसकिएपछि बुधबारका लागि समय तोकिएको थियो । जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात् न्यायाधीश शिशिरराज ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए ।
सन्दीपको मुद्दा सात महिनादेखि सर्दै आएको छ ।क्रिकेटर सन्दीप लामिछानेविरुद्दको नाबालिक सन्दीपको बलात्कार मुद्दाको छिनोफानो सम्भवत आज नै हुनेछ ।
Subscribe
Login
0 Comments


