१२ मंसिर २०८३, शुक्रबार

काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी आउने

एसीपी संवाददाता

१ माघ २०८०, सोमबार १०:५३ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण कार्य सुरु गरिनेछ ।

वर्षाले क्षतिग्रस्त भएको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः पानी वितरण गर्न लागिएको हो । मेलम्चीको पानी वितरणको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेछ ।

प्रधानमन्त्रीले पानी वितरणको कार्य शुभारम्भ गरेपछि घरघरका धारामा मेलम्ची पानी पुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

सोमबार पहिलो दिन अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण सुरु हुनेछ । त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ ।

बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो । इमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x