१२ मंसिर २०८३, शुक्रबार

बागलुङमा दुर्गा प्रसाईमाथि मुक्का प्रहार

एसीपी संवाददाता

४ माघ २०८०, बिहीबार १६:४६ मा प्रकाशित

बागलुङ : बागलुङमा दुर्गा प्रसाई माथि मुक्का प्रहार भएको छ। नेपालीहरूको मुक्तिका लागि अन्तिम लडाइँ कार्यक्रमका लागि बागलुङ आएका व्यवसायी प्रसाईमाथि बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का प्रहार गरेका हुन्।

उनले प्रसाईंमाथि किन हातपात गरे ? भन्नेबारे भने खुलेको छैन।

प्रसाई मञ्चमा उक्लने क्रममा गौतमले हातपातको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले बताए। गौतमलाई पक्राउ गरिएको केसीले जानकारी दिए।

‘दुर्गा प्रसाई मञ्चमा उक्लिने क्रममा हातपातको प्रयास भएको हो,’ डीएसपी केसीले भने,‘हातपातको प्रयास गर्ने गौतमलाई पक्राउ गरिएको छ। उनी अहिले जिल्ला प्रहरी कार्यालय बागलुङमा छन्।’ घटनाका बारेमा थप अनुसन्धान भइरहेको डीएसपी केसीले बताए। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x