१२ मंसिर २०८३, शुक्रबार
मेयरलाई छलेर विज्ञान संकाय अध्यापनको अनुमति, बालेनले गरे शिक्षा महाशाखा प्रमुखलाई निलम्बन
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयलाई छलेर विज्ञान संकाय अध्यापनको अनुमति दिइ्रएको पाइएको छ ।
शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएको हो । मेयरलाई छलेको पाइएपछि मेयर बालेन शाहले कोइरालालार्ई ७ दिन भित्र सफाइ पेश गर्न निर्देशन दिएक छन् भने त्यतिन्जेलसम्मका लागि विदामा बस्न निर्देशन दिएका छन् ।
कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए । तर शिक्षा समिति संयोजक मेयर हुने व्यवस्था छ । तर, त्यस मितिमा निर्णय नगरेको पाइएको शाहको सचिवालयले जनाएको छ ।
Subscribe
Login
0 Comments


