नेपालगन्ज भन्सारमा नेपाली जनतालाई के दु:ख दिने काम भईरहेको छ
रिसब सिंह वाडिया नेपालगन्ज – नेपाल सरकारले भारत बाट दैनिकी उपभोग बस्तु खाद्यान्न सामाग्रीको लागि रुपैया १ हजार सम्म छुट दिने गरेको निर्णय हुँदा पनि सुरक्षा निकायहरुको ज्यादती शुरु भएको छ । सरकारले के गर्न खाेजेकाे हो यो जनता लाई दुख दिने बाहेक कुनै मन्साय न रहेकोे आमनागरिकले गुनासो गरेका छ्न । नेपाल सरकारको राजपत्र मै प्रकाशित गरिएको नियमावली लाई नेपाल सरकारले नै परिवर्तनको लागि नयाँ कानुन बनाउने बताएको हो । रु. १०० को पनि भन्सार लगाउने नितिले जनता झन पीडित भएका हुन । अहिले नेपालगन्ज भन्सार कार्यालयले १ बाेरी चामल ल्याउन नदिने भन्सार गराउदा भन्सार पनि नगर्ने सिधै जफत गर्ने अनि कर्मचारी र पुलिस प्रशासन के काे लागि काम गरि रहेका छ्न । कसको आदेशमा प्रहरीले भारत बाट घर प्रयोग गर्नको लागि ल्याउने सामानमा जबर्जस्ती जफत गरि रहेका छ्न । यसरी हेर्ने हो भने सिमा पारी नेपाली ब्यापारीले भन्सार छल्ने र पछाडी बाट अबैध बाटो दैनिकि लाखौंको समान प्रहरीकै निगरानीमा आरपार हुने गरेको श्रोतले बताउछ्न ।


