१२ मंसिर २०८३, शुक्रबार
सट्टेबाटी गराएको आरोपमा क्यासिनो प्यालेसबाट ९६ लाख रुपैयाँसहित ९ जना पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौंको दरबारमार्गमा रहेको क्यासिनो प्यालेसबाट करिब १ करोड रुपैयाँसहित ९ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाटी गराएको आरोपमा ३ जना भारतीय र ६ जना नेपालीलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट ९६ लाख रुपैयाँ बरामद गरेको हो। यस बारेमा प्रहरी परिसरले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
Subscribe
Login
0 Comments


