१२ मंसिर २०८३, शुक्रबार

शान्ति स्थापनार्थ लेबनानमा तैनाथ एक जना नेपाली सैनिकको निधन

एसीपी संवाददाता

२३ माघ २०८०, मंगलवार १०:४२ मा प्रकाशित

काठमाडौं- शान्ति स्थापनार्थ लेबनानमा तैनाथ एक जना नेपाली सैनिकको निधन भएको छ । नेपाली सेनाले विज्ञप्ति जारी गर्दै लेबनानमा तैनाथ श्री पुरानो गोरख गण ६४ औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको निधन भएको जनाएको छ ।

सेनाले दिएको जानकारी अनुसार थापालाई गाणको हेडक्वार्टरको बंकरमा स्ट्याण्डबाई ड्युटीमा रहँदा आफैँले बोकेको हतियारबाट गोली लागी घाइते भएको अवस्थामा फेला पारिएको थियो ।

अस्पतालमा उपचारका क्रममा दोलखा घर भएका उनको बिहीबार निधन भएको हो । उनको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको सेनाको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x