१२ मंसिर २०८३, शुक्रबार

परराष्ट्रमन्त्री साउद अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमणमा जाने, को-को संग भेटघाट गर्नेछन् ?

एसीपी संवाददाता

२४ माघ २०८०, बुधबार १२:४१ मा प्रकाशित

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अस्ट्रेलियामा २६ र २७ माघमा इन्डिया फाउन्डेसनले आयोजना गरेको सातौँ ‘इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन मन्त्री साउद २५ माघमा त्यसतर्फ प्रस्थान गर्ने छन् ।

मन्त्री साउद २८ माघमा पर्थ सहरमा आयोजना हुने कार्यक्रममा भाग लिने साथै, अस्ट्रेलियाली समकक्षी र अन्य मित्र राष्ट्रका प्रतिनिधि मण्डलसँग पनि भेट्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, परराष्ट्रमन्त्री साउदले न्यूजल्यान्डमा समेत समकक्षी विन्स्टन पिटर्ससँग पनि भेट गर्ने कार्यक्रम छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x