नेपाली कांग्रेसको महासमिति बैठकबाट हिन्दू राज्यको एजेण्डामा फर्काउन पहल
( समयचक्र ) नेपाली कांग्रेसको महासमिति बैठकबाट हिन्दू राज्यको एजेण्डामा पार्टीलाई फर्काउनका लागी कांग्रेसका बर्तमान र पुर्व केन्द्रिय सदस्यहरुले सक्रियता देखाएका छन्।
उनीहरुले महासमिती बैठकमा नेपाललाई हिन्दुराज्य बनाउने पार्टीको एजेण्डा बनाउन दवाव दिने उदेश्यले केन्द्रीय समन्व्य समिति विस्तार गरेका छन्।
केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीको अध्यक्षतामा आइतबार बसेको बैठकले सल्लाहकार परिषद समेत बनाएको छ।
महाअभियानको सहसंयोजकमा पूर्व गृहराज्यमन्त्री तथा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र काठमाडौं जिल्लाका पूर्व सभापति तथा समाजवादी चिन्तक लोकेश ढकाल चयन भएका छन् ।
समितिको कोषाध्यक्षमा भानुभक्त ढकाल चयन भएको सहसंयोजक लोकेश ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानको सल्लाहकार परिषद संयोजकमा पूर्वमन्त्री तथा कांग्रेसका पूर्व प्रमुख सचेतक लक्ष्मण घिमिरेलाई जिम्मा दिइएको छ।
सो बैठकले फागुन ५ गते नयाँ बानेश्वरमा आसन्न महासमिति बैठकमा उठान गर्ने एजेण्डासहित महाअभियानको घोषणापत्र जारी गर्ने निर्णय समेत गरेको छ।


