डेढ किलो चरस सहित एक जना पक्राउ
श्याम कुमार साहू नेपालगन्ज – सयुक्त अनुसन्धानका क्रममा एसएसबी ४२ औँ टोलि डेढ किलो चरेससहित एक नेपाली तस्करलाई पक्राउ परेका छ्न ।
बेलुका करिब ५ बजे ४२ औँ बाहिनी सशस्त्र सीमा बल, बहराइचको डिप्टी कमाण्डेन्ट अपरेसनको निर्देशनमा बोर्डर पोष्ट निबियाबाट प्राप्त गुप्तचरको आधारमा संयुक्त गस्ती गरिरहेका बेला चरस समेतिएको हो । भारतका एसएसबीका जवान र यु.पी. प्रहरीका जवान संलग्न थिए । गस्तीका क्रममा भारतीय भूभागमा रहेको बोर्डर पोस्ट नं ६५१/०४ बाट १०० मिटरमा नेपालका एक युवक काँधमा झोला लिएर आईरहेका थिए । प्रहरीलाई हेरेर भाग्न खोज्दा गस्ती टोलीले पक्राउ गरेको हो । चरस सहित पक्राउ परेका भीमबहादुर रोका रहेका छ्न । उनि गाउँ चुनड, वडा नं ९, जिल्ला – रुकुमका हुन । चरस भारत (रुपैडिहा) मा एक अज्ञात व्यक्तिलाई दिने भनेर आफुले पैसाको लोभमा लिएर आको हु । एसएसबीका प्रहरी नायव निरीक्षक सतीशचन्द्र राई, प्रमुख हवल्दार राधेश्याम, हवल्दार विवेककुमार, महेन्द्रकुमार सिंह, लखन सिंह रहेका छन् । गस्ती टोलीमा उत्तर प्रदेशका प्रहरी उपनिरीक्षक सन्तोष कुमार र हवल्दार जयचन्द गोन्ड समावेश थिए। ४२ औँ सशस्त्र सीमा बल बहराइच–१ का कार्यवाहक कमाण्डेन्ट राज रञ्जनले नेपाल–भारत सीमामा निरन्तर सयुक्त गस्ती गर्ने गरेको जानकारी दिए ।


