११ आश्विन २०८३, आईतवार

भारतीय पर्यटकहरू संग राम्रो ब्यवहार भएन , अनि कहाँबाट पर्यटन आउँछ्न – नेता मिश्र

एसीपी संवाददाता

५ फाल्गुन २०८०, शनिबार १४:१२ मा प्रकाशित

नेपालग्न्ज फागुन ५ गते –  नेपालगन्ज को ब्रांडिंग गर्ने, नेपालगन्ज कैलाश मानसरोवर, नेपालगन्ज जनकपुर, नेपालगन्ज अयोध्याको सहज आवत जावत को लागि बस सेवा, टैक्सी सेवा, हवाई सेवाको लागि पहल हरू भई रहेको छ ।

सबैको उद्देश्य भारतीय पर्यटक भित्र्याउन हो । हामीले अतिथि देव भव को कुरा गर्ने तर भारतीय पर्यटक हरू संग गर्ने व्यवहार त्यस अनुरुप भएन भन्दै स्माजिक संजालमा एमालेका नेता पशुपति दयाल मिश्रले सुझाव प्रकट गर्नु भएको छ ।  भारतीय पर्यटक हरू संग सिमामा गर्ने व्यवहार ले नेपालगन्ज को ब्रांडिंग मा धेरै अर्थ राख्छ, जब सम्म हामी पर्यटक मैत्री प्रहरी र नागरिक हुदैनौ हाम्रो सबै प्रयास टिकाउ हुन्दैन, यस सम्बन्धमा प्रहरी, प्रशासन, भंसार, स्थानीय तह, पर्यटन व्यवसायी, नागरिक समाज, पत्रकारहरूको व्यापक उपस्थितिमा अन्तरक्रिया आवश्यक छ ।  पर्यटकहरूसंग सीमामा भई रहेको व्यवहारको वाच गर्ने एउटा सर्वदलीय युवा टोली बनाउनू पर्छ ।

जस्ले सीमामा भई रहेको अव्यवस्था, अनियमितता र अमर्यादित व्यवहारको बिरोध गरोस । अनि मात्र नेपालगजको ब्रांडिंग सफल हुन सक्छ , पर्यटकलाई हेर्नु दृष्टिकोण बदलौ, आवत जावत सहज गरौ, यात्रुहरूको चेक जाँच मर्यादित शैलीमा गरौ, दुख दिने नियत ले नगरौ, नेपालगन्ज जनकपुरको आज हुन गई रहेको फ्लाइट सफल होस, निरन्तरता होस , शुभकामना , जय नेपालगन्ज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x