१९ श्रावण २०८३, मंगलवार

रेग्मीको अध्यक्षतामा खजुरा सञ्चार समूह दर्ता

एसीपी संवाददाता

९ फाल्गुन २०८०, बुधबार १०:३९ मा प्रकाशित

बाकेको खजुरामा सक्रिय पत्रकारहरुको सहभागितामा खजुरा सन्चार समूह दर्ता भएको छ । रेडियो नेपालका सम्पादक  ,  खजुरा निवासी पत्रकार सन्तोष रेग्मीको अध्यक्षतामा समूह गठन भएको हो ।  समुहको उद्देश्य गैरनाफामुलक संस्थाका रूपमा  समाजलाई जागरुक गराउने कार्यमा सक्रिय रहने हो । खजुराका सक्रिय पत्रकारहरुको समिति निम्न बमोजिम चयन  गरिएको छ ।

अध्यक्ष सन्तोष रेग्मीको कलम बाट

मुलुकमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । बाँकेको खजुरा विद्रोही माओवादीको अखडा बनेको थियो,जसले सेनाको बक्रदृष्टिमा थियो ।स्थानीय मानिस दुवैतिरबाट चेपुवामा थिए ।जनजीवन उकुसमुकुस थियो ।अन्य गतिविधि ठप्पप्राय: थियो।
विमानस्थल विस्थापित भएपछि खजुराको अर्को परिचय बनेको खाद्यमण्डी पनि विस्थापित हुँदै गइरहेको थियो । त्यसैबेला खजुराका स्थायी वासिन्दा रहेर पत्रकारिता गरिरहेका हामी केही युवाले बनाएको खजुरा सञ्चार समूहको मञ्चबाट दुवैतिरबाट द्वन्द्वमा पीडित भएकाहरुलाई एकै ठाउँमा उभिएर शान्तिको माग गर्ने वातावरण बनाएको थियो ।
* द्वन्द्वका क्रममा विधवा भएकाहरुलाई शौभाग्यको सामग्री लगाउन प्रेरित गरेको थियो ।
* सम्भवतः पहिलो हुनुपर्छ,सात दल र माओवादीका स्थानीय नेताहरुलाई एउटै मञ्चमा राखेर सार्वजनिक छलफल गराएको थियो ।
* प्रत्यक्ष सँलग्न नभएकाहरुलाई पीडित बनाउन नहुनेमा प्रशासन र माओवादी दुवै पक्षको ध्यानाकर्षण गराइएको थियो ।
*२०६१ सालमै साप्ताहिक पत्रिका प्रकाशन शुरु गरेको थियो ।
* विभिन्न पटकमा पत्रकारिता तालिम सञ्चालन गरेर सञ्चार क्षेत्रमा जनशक्ति तयार पार्ने काम गरेको थियो ।
* नेपालगञ्जको मँगल मावि र कोहलपुर रँगशालामा केन्द्रित छात्रा क्रिकेट प्रतियोगिता खजुराको आदर्श माविमा सञ्चालनको सँयोजन गरेका थियौँ ।
यीलगायतका विभिन्न उल्लेखनीय काम गरेको खजुरा सञ्चार समूह २ दशकपछि विधिवत् दर्ता गरिएको छ । आगामी दिनमा धर्म निर्वाहमा थप खरो उत्रने प्रयास हुनेछ ।
समूहका सदस्यबाहेक आजको दिनमा सम्झन पर्नेहरु
१, हरप्लेसका टोपबहादुर खड्का ।
२,तत्कालीन सात दल र माओवादीका बाँके नेतृत्व ।
३,जिल्ला बाल क्लब सञ्जालका आशिष वर्मा र टिम ।
४,तत्कालीन दलित उत्थान विकास समितिका कार्यकारी निर्देशक कृष्ण विक रसाइली ।
५, खजुरा क्षेत्र सँरक्षण समितिका तत्कालीन अध्यक्ष महेन्द्र मल्ल र महासचिव किश्मतकुमार कक्षपति,बाँके काँग्रेसका प्रवक्ता कमलराज रेग्मी ।
६, तत्कालीन काँग्रेस महामन्त्री तथा उपसभापति सुशील कोइराला ।
७, वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य,झलक गैरे,रुद्र खड्का,तत्कालीन पत्रकार सन्तोष पोखरेल,हिरा श्रेष्ठ,एड्भोकेसी फोरमका सुशील लाखे,इन्सेकका भोला महतलगायत ।
८, क्षेत्र नँ. ५ क्रिकेट विकास समितिका अध्यक्ष सुनिलसिँह हमाल,प्रशिक्षक दिपेन्द्रप्रताप सिँह,खजुरा युथ क्लबका अध्यक्ष रमेश सिँजाली र तारामणि अधिकारी ।
८, सफल छापाखानाका गणेश खनाल, बाँके युनेस्को क्लवका अध्यक्ष प्रवेज अलि आदि ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x