१२ मंसिर २०८३, शुक्रबार

एसीपी संवाददाता

१० फाल्गुन २०८०, बिहीबार २१:४९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टीलाई थप अनुशासित, ऊर्जावान र एकताबद्ध बनाएर अघि बढाउने विषयमा प्रेरणा प्राप्त भएको बताएका छन् ।

चार दिन चलेको महासमिति बैठकको समापनमा सभापति देउवाले पार्टीले गौरवशाली इतिहासलाई आधार बनाएर समयसापेक्ष, दुरदर्शी र जिम्मेवारीपूर्ण ढंगले व्यवहार अपनाएकै कारण साढे सात दशक लामो यात्रा तय गरिसकेको भन्दै अबका लागि थप संवेदनशील भएर अघि बढ्नुपर्ने बताए ।

सभापति देउवाले वर्तमान गठबन्धन सरकारलाई सहयोग र प्रोत्साहन गर्नु सत्ताघटकको हिसाबले कांग्रेसको दायित्व भएको पनि उल्लेख गरे । ‘कांग्रेस गठबन्धन सरकारको प्रमुख घटक हो । त्यो निरन्तर रहने छ । त्यसकारण पनि मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन यो सरकारलाई निरन्तर सहयोग र प्रोत्साहन गर्नु कांग्रेसको दायित्व हुन्छ,’ देउवाले भने ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x