१२ मंसिर २०८३, शुक्रबार

दिनको सुरुआत कसरी गर्छन् गुगलका सीईओ ? यस्तो छ दिनचर्या

एसीपी संवाददाता

११ फाल्गुन २०८०, शुक्रबार १२:०१ मा प्रकाशित

पिचाइका अनुसार उनले अरुले जस्तो बिहान उठेर सुरुमा पत्रिका पढ्ने कहिल्यै गर्दैनन् । त्यसको साटो उनले हरेक बिहान उठेर प्रविधिसम्बन्धी वेबसाइटहरु हेर्दछन् । त्यस्ता वेबसाइटहरुलाई फेसकुकका सीईओ मार्क जुकरबर्ग तथा माइक्रोसफ्टका सीईओ सत्या नाडेलाले पनि आफ्नो मनपर्ने सूचीमा राखेका छन् ।

सञ्चारमाध्यमसँग कुराकानी गर्दै पिचाइले आफूले दिनको सुरुवात टेकमिम डटकम पढेर गर्ने गरेको बताए ।
टेकमिम डटकम एक वेबसाइट हो जहाँ विश्वभरका प्रविधिसम्बन्धी समाचारहरु पढ्न पाइन्छ ।

सन् २००५ मा गेबे रिभेराले यो वेबसाइटको स्थापना गरेका थिए । यसमा समाचार शीर्षकसँगै संक्षिप्त सारांश र सम्बन्धित समाचारको लिंक पनि दिइन्छ । यसले पाठकहरुलाई विभिन्न सञ्चारमध्यमबाट प्राप्त प्रविधि समाचारहरु पस्किने का मगर्दछ । प्रविधिमा रुचि राख्नेहरुका लागि यसलाई उपयोगी वेबसाइट मानिन्छ ।

स्मरण रहोस् फेसबुकका सीईओ मार्क जुकरबर्ग र माइक्रोसफ्टका सीईओ सत्या नाडेलाले पनि यो वेबसाइटको प्रयोग गर्ने गरेका छन् । त्यसका अलावा इन्स्टाग्रामका प्रमुख एडम मोसेरी र अन्य प्रविधि क्षेत्रका हस्तीहरुले पनि सो वेबसाइट आफ्नो मनपर्ने वेबसाइट भएको बताएका छन् । अनलाइन खबर

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x