१२ मंसिर २०८३, शुक्रबार
लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ
बाँके । लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं.५ बस्ने बर्ष २७ को रमेश बडुवाल र सोही ठाउँ बस्ने बर्ष २८ को गोपाल बम रहेका छन् ।
बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ८ पुर्व पश्चिम राजमार्ग गल्लीकटान स्थितमा चेकजाँच गर्ने क्रममा लु. ९४ प. १२९१ नं. को मोटरसाईकल चेकजाँच तथा रितपुर्वक खानतलासी गर्दा रमेश बडुवालको साथबाट लागू औषध ब्राउन सुगर ८ ग्राम ६०० मिलिग्राम फेला पारी पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार, लागुऔषधका साथै सानो डिजिटल तराजु थान-१(एक) समेत बरामद गरेको छ ।
पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतमा दिन ७ (सात) को म्यादथप लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
Subscribe
Login
0 Comments


