१२ मंसिर २०८३, शुक्रबार

प्रहरी बरिष्ठ हवल्दार, हवल्दार, सहायक हवल्दार र जवानहरुलाई प्रशिक्षण कार्यक्रम

एसीपी संवाददाता

१३ फाल्गुन २०८०, आईतवार ११:१३ मा प्रकाशित

तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आदेशानुसार आज  देखी यस कार्यालयमा संचालन भईरहेको प्रहरी बरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवानहरु लक्षित घुम्ति प्रशिक्षण अन्तरगतको अपराध अनुसन्धान तथा नियन्त्रण अनुशिक्षण तालिमको यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रबिण धितालले उद्घाटन गर्नुभएको छ ।
६ कार्यदिन अबधि उक्त तालिममा यस कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी हवल्दार देखी प्रहरी जवान दर्जा सम्मका ३५ जना प्रशिक्षार्थी रहेको तथा तालुक कार्यालयबाट आउनुभएका दक्ष प्रशिक्षकहरुद्वारा अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी सैद्धान्तिक एवं व्यवहारिक ज्ञान प्रदान गरिने छ।
उद्‍घाटन कार्यक्रममा कार्यालय प्रमुखले उच्च अनुशासनमा रही प्रशिक्षकले प्रदान गरेका ज्ञानका कुराहरु मनन् गरी अपराध अनुसन्धान तथा नियन्त्रणमा दक्ष बन्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुका साथै सफलतापुर्वक तालिम समापनको शुभकामना समेत दिनुभयो । जिल्ला प्रहरी कार्यालय बर्दियाको समाजिक संजाल बाट 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x